समाजवादी मोर्चाले भोलि बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने
![socialist front nepal (1) socialist front nepal (1)](https://www.arthikpati.com/wp-content/uploads/2024/04/socialist-front-nepal-1-1024x512-1280x640.jpg)
काठमाडौं । समाजवादी मोर्चा, नेपालले भोलि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मोर्चाले काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्यान्ह १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।