जसपाको कर्णाली प्रदेशस्तरीय किसान महासङ्घ गठन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित होटल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कौशिला विक, गंगे कामी मुख्यसचिव पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन् ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् समाजवादी किसान महासङ्घका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लिला सिजापती, दिलु खड्का महासङ्घका महासचिव ओमकृष्ण श्रेष्ठलगायत उपस्थित रहेका थिए ।

समाजवादी किसान महासङ्घले आइतबार सुदुरपश्चिम प्रदेशस्तरिय समिति कैलालीको धनगढीमा गठन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।