सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको आरोपमा प्रहरीले महरालाई कपिलवस्तुबाट आज पक्राउ गरेको हो ।
सुन तस्करी सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोगले भेपमार्फत् भएको सुन तस्करीमा महरा दोषी देखिएकोले कारबाही गर्न सिफारिश गरेको हो ।
पूर्वसभामुख महराका छोरा राहुल भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।