सेयर बजार मैत्री निति बनाउन प्रयास भैरहेको छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सेयर बजार बिस्तारै सकारात्मक बन्दै गएको बताए । बजारलाई सुधार गर्न विभिन्न निकायसङ सुझाव मागेको अर्थमन्त्री पुनको भनाइ छ।
नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सबलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन । सेयर बजारमा सुधार हुँदै छ, सुझाव मागेको छौ, सुझाव पनि आइरहेको छ’अर्थमन्त्री पुनले भने,’बजार मैत्री निति बनाउन प्रयास भएको छ।’
बजार मैत्री नितिको लागि छलफल भैरहेको अर्थमन्त्रीले जानकारी गराए । अप्ठ्यारो स्थितिमामा कडाइ गरिएको नीति बिस्तारै खुकुलो बनाउने उनको भनाइ छ।
‘बजार मैत्री नितिको लागि छलफल भैरहेको छ अप्ठ्यारो स्थितिमामा कडाइ गरिएको नीति बिस्तारै खुकुलो हुदैछन । यसका लागि सम्बन्धित नियामक निकायसंग आवस्यक छलफल भैरहेको छ’, अर्थमन्त्री पुनले भने ।
अर्थतन्त्र सुधारको बाटो रहेको उनले बताए । आर्थिक क्षेत्रमा स्लो डाउन भने कायमै रहेको बताए । आर्थिक सूचकहरुले सकरात्मक संकेत गरेको अर्थमन्त्री पुनले उल्लेख गरे । केही समय अघिसम्म अर्थतन्त्रमा समस्या रहेता पनि अहिले सुधार भएको उनको भनाई छ। बैंकिङ्ग प्रणालीमा पनि तरलता थुप्रिएर लगानीको क्षेत्र खोजेको पुनले बताए ।