यो हप्ता सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
साताको सुरुको तीन दिनसम्म उच्च रेकर्डमा रहेको मूल्य चौथो दिन देखि भने क्रमशः ओरालो लाग्यो । अमेरिकी डलर मजवुत बन्दै गएकोले त्यसको प्रभाव सुनको मूल्यमा परेकोले साताको पछिल्ला दिनमा भने मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन्।
नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा कमी आएको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ८ हजार २५ रुपैयाँ रहेको सुनको मुल्य चार दिनसम्म क्रमशः घटेर पाँचौं दिन बिहिबार सामान्य बढेपछि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फरि घटेर १ लाख ७ हजार ५ सय १० कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ५ सय १५ रुपैयाँले कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य भने सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार २ सय ६४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय ९२ रुपैयाँ कायम भयो ।