सेन्ट्रल फाइनान्सले बोलायो चैत २३ गते साधारण सभा
काठमाडौं । सेन्ट्रल फाइनान्सले चैत २३ गते सत्रौं वर्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७८–७९ मा भने ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।