५ महिना लामो छानबिनपछि सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो आफ्नो प्रतिवेदन
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो । विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक–सु लगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको थियो ।