माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १० प्रतिशत छुट दिने
काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ ।
बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।
बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १०%वा बढिमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।
यो क्यासब्याक वीगमार्टका निम्न शाखामा उपलव्ध छ, रामबजार, पस्र्याङ, बगर, शितलादेवी, रफूलबारी ।
माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघ संस्था तथाव् यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ ।
यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायतव् यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।
साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।