प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १५७ मत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाएका छन । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाएका छन ।
उपस्थित २६८ सांसद मध्ये दाहालको पक्षमा १५७ मत रहेको छ भने विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् ।
विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्ने हुन्छ । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका थिए ।