एनआइसी एसिया बैंकले ३२ स्थानको सम्पत्ति लिलामी बिक्री गर्दै
काठमाडौं । एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका ३२ स्थानको घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले आज एक सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।
बैंकले काठमाडौं, रौतहट, भैरहवा, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कपिलवस्तु र सिरहालगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलामी प्रकृया अघि बढाएको हो ।