नेरुडे र मिर्मिरे लघुवित्तको बुधबारदेखि सेयर कारोबार रोक्का हुने
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही फागुन ३० गते बुधबारदेखि हुने भएको छ । बुधबारदेखि यी दुई लघुवित्तले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै यी दुई लघुवित्तको एकीकृत कारोबारबारे जानकारी गराएको हो । यी दुई संस्थाहरू एक आपसमा गाभिई साविकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थाबाट सञ्चालन हुनेछ ।