प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १७% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागेकोे हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । यसमा १७% हकप्रद सेयर बिक्री भएमा चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।