पूँजी बजारमा तत्काल सुधार गर्न भन्दै अर्थ मन्त्रालयले नियामक निकायहरुसँग माग्यो सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजारको नियामक निकायहरुसँग सुझाव मागेको छ । आइतबार पत्र काट्दै अर्थ मन्त्रालयले पुँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कामका बारेमा सुझाव मागेको हो । अर्थ मन्त्रालयले अर्थमन्त्री वर्षमान पुनको निर्देशनअनुसार पत्र काटेको जनाएको छ ।
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको नाममा पत्र काटेको हो । ७ दिनभित्र कार्ययोजना पेश गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
‘पुँजी बजारको विकास र विस्तारको लागि तत्काल गर्नुपर्ने कामहश्रको सम्बन्धमा सम्बन्धित सरोकारवालाको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुपर्छ’ पत्रमा भनिएको छ ।