काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यारेन्टरको नागरिकता ल्याएर ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू दिने भएको छ । ग्राहकहरूले केबल आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याएर ० प्रतिशत ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू लिन सक्ने घोषणा गरेको हो ।
स्मार्टफोन प्रविधिको क्षेत्रको सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा जसमा ग्राहकहरूलाई ० प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा ल्याएको थियो ।
कम्पनीले यस सुविधाको लाभ लिनको लागि ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याएर नयाँ स्मार्टफोन लिन सक्ने जनाएको हो ।
यसअघि इएमआई प्रक्रियाको लागि अरू पनि थप कागजातहरूको आवश्यकता पर्ने गर्दथ्यो । भने, अब ग्राहकहरूले आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरू बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएर २० हजार रुपैयाँ बढी मूल्यको ग्यालेक्सी स्मार्टफोन ० प्रतिशत ब्याजमा प्राप्त गर्न सक्नेछन् ।
त्यसै गरी इन्स्टा फाइनान्सको साथै ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस २४ सिरिजका लिन सक्नेछन् ।
यो अफर अर्कोस्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यस सेवा मार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप ५ हजार रुपैयाँ बोनस पाउनेछन्। भने, सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एक्स्चेन्ज गर्दा ३ हजार रुपैयाँ बोनस पाउनेछन्।
यी सुविधाहरू नेपाल भरि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।