एकीकृत समाजवादीले टुंग्यायो २ मन्त्रीको नाम, जोशी र बुढा मन्त्री बन्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पनि वर्तमान सरकारमा सहभागी हुने भएको छ ।
संघीय मामिला र शहरी विकास मन्त्रालय लिएर उक्त पार्टी सरकारमा सहभागी हुने पक्का भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सामान्य प्रशासनमा भानुभक्त जोशी र शहरी विकासमा धनबहादुर बुढा मन्त्री बन्नेछन् ।
यसअघि पार्टीको सचिवालय बैठकले प्रधानमन्त्रीसँग थप छलफलपछि सरकारमा सहभागिताबारे निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका थिए ।
लगत्तै बालुवाटार पुगेका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालले छलफलपछि मन्त्री बन्ने नेताहरूको नाम बुझाएका हुन् ।