सुनको भाउमा बुधबार पनि नयाँ रेकर्ड, १ तोलाको १ लाख २३ हजार ५०० रुपैयाँ
काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २३ गते) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख २३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार (फागुन २२ गते) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो । अमेरिकी कमर्स डिपाटमेन्टले हालै सार्वजनिक गरेको मूल्य वृद्धि दर सम्बन्धी प्रतिवेदनका कारण सुनको मूल्यमा उतारचढाव देखिएको विश्लेषकहरुले बताएका छन् ।