एनआईसी एशिया क्यापिटल सात वर्ष पुरा, ७ वटा सेवामा “बम्पर अफर” योजना
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते संचालनमा आएको सात वर्ष पुरा गरेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा “सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाहरु आज फागुन २२ गतेदेखि २०८१ काे बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।
सातौं वार्षिक उत्सव : सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफरहरु निम्न बमोजिम रहेका छन् ।
(१) लगानी व्यवस्थापन सेवा अन्तर्गत (PMS) :
लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रूपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।
(२) एन आई सी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत ः
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को Systematic Investment Plan (SIP) मा २०८० फागुन २२ देखि २०८१काे बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले ५०० रूपैयाँ बराबरको क्यापिटलको तर्फबाट SIP रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई SIP Boosterको सुविधा उपलब्ध गराईनेछ ।
(३) संस्थागत परामर्श सेवा अन्तर्गत :
एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा ताेकिएकाे समयावधिभित्र आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र ७ रूपैयाँमा “IDEA to IPO” सेवा अन्तर्गत IPO जारी गर्ने तहसम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।
(४) डिम्याट खाता सेवा (LTDR) ः
हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र “७०० रूपैयाँमा लाइफ टाइम डिम्याट रिनवल(LTMR)” योजना सार्वजनिक गरेको छ ।
(५) मेरो शेयर सेवा (LTMR) ः
हाल क्यापिटलले मेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “रु.७०० मा लाइफ टाइम मेराे बेयर रिनवल (LTMR)” योजना सार्वजनिक गरेको छ ।
(६) निःशुल्क डिम्याट खाता सेवा :
क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एनआईसी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत २०८१ असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने ।
(७) शेयर रजिष्ट्रार सेवा अन्तर्गत ः
हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र ७०० रूपैयाँमा पहिलो एउटा कम्पनीलाई “OTC Markets” मा सूचिकरण गरिदिने भएकाे छ ।