जसपासम्बद्ध समाजवादी महिला सङ्घ केन्द्रीय समितिको प्रशिक्षण जारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीसम्बद्ध महिला सङ्गठनका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइरहेको छ । समाजवादी महिला सङ्घ, नेपाल केन्द्रीय समितिले ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा आजदेखि दुई दिने प्रशिक्षण सुरु गरेको छ ।
आज पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलहरुको व्यवस्थापन, कार्य र सङ्गठनात्मक कार्यपद्धतिबारे सहभागीलाई प्रशिक्षण दिएका छन् । सातै प्रदेशबाट महिला सङ्गठनका करिब ७० जना पदाधिकारी तथा सदस्यहरु प्रशिक्षणमा सहभागी भएका छन् ।
पार्टी अध्यक्ष यादवले भोलि पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षण बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।