यतीका जहाजमा पुनः सुरू भयो जीवित जनावर बोक्न पाइने सुविधा
काठमाडौं । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ ।
कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो ।
जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको छ । सम्भव भएसम्म बिरालो वा कुकुर राख्न मिल्ने खोर समेत साथमा लैजान कम्पनीले आग्रह गरेको छ ।