मन्त्रिमण्डल पुनर्गठन, तीन मन्त्रीले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।
तीन मन्त्रीले सोमवार राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् । तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।