नेप्से ६ प्रतिशत बढेर तेस्रो सर्किट ब्रेक, सोमबारको लागि शेयर कारोबार बन्द
काठमाडौं । शेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो।
आइतबार कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो।