विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै, लाभ उठाउन सबैलाई आह्वान
काठमाडौं । भोली फागुन २१ गते, सोमबार ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरंग व्यापार संघको महिला उद्यम समिति र पारस मल्टिस्पेसियालिटी हस्पिटलको संयुक्त आयोजनामा विराटनगर १२ स्थित स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
संघको महिला उद्यम समितिकी सचिव साधना झाका अनुसार सो कार्यक्रममा वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. कविता यादव, फिजिसियन डा. स्नेहा झा, डेन्टिस्ट डा. उपमा राय लगायतका चिकित्सकहरुबाट सबैका लागि निःशुल्क चेकजाँच तथा चिकित्सा परामर्शको व्यवस्था गरिएकोले नगरवासी, स्थानीयवासी लगायत सबैलाई सो अवसरको लाभ उठाउन आह्वान गरिएको छ ।