सुनचाँदीको मुल्यमा उतार चढाव, मुल्य बृद्धि दर सम्वन्धी रिपोर्टको प्रभाव
काठमाडौं । यो साता सुनचाँदीको मुल्यमा सामान्य उतार चढाव देखिएको छ । अमेरिकी कमर्श डिपाटमेण्टले हालै सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण बजारमा सामान्य उतार चढाव देखिएको बिश्लेषकहरुले बताएका छन् । उक्त रिपोर्टले मुल्य बृद्धि दर प्रक्षेपण भन्दा बढी आएको देखाएको छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख १ हजार ५ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको चौथो दिन १ लाख १ हजार ३ सय ४० मा झरेर त्यसपछिका दिनमा पुनः बृद्धि हुदै साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार १ लाख २ हजार २५ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ४ सय ३० रुपैयाँले बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बिहिबार सम्म घटेर शुक्रबार भने सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय ९२ कायम भयो ।