म्याकुरीमाथि कुटपिट प्रकरणः शर्मिला वाइबा पक्राउ

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरीको अनुरोधमा ऊनीलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी गराएका हुन् ।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो।