प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र चार कर्मचारीसहित ११ जना पक्राउ
काठमाडौं । ऋण हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र ४ बहालवाला कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)द्वय तुलसीराम गौतम र मनोज न्यौपाने एकैसाथ पक्राउ परेका हुन् ।
न्यौपानेसहित विरुद्ध सेञ्चुरी बैंकमा रहँदा प्रवाह भएको कर्जा दुरुपयोग, घोटाला र हिनामिना गरेको आरोप लागेको थियो । उजुरी परेपछि सीआईबीले छानबिन थालेको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाञ्जा मनोज न्यौपाने पनि सो कर्जा घोटालामा आरोपित थिए ।
सीआईबी स्रोतका अनुसार गौतमसहित प्रभु बैंकका चारजना बहालवाला कर्मचारीलाई पनि पक्राउ गरिएको छ । बैंकका कर्मचारी दीलिप बराल, दीपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पक्राउ गरिएको हो ।