१ सातासम्म काठमाडौंका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

काठमाडौं । आज (फागुन १६ गते) देखि १ सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले फागुन २२ गतेसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुनेछ ।
आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।
