नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बुधबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ । इच्छुक नागरिकले आज (फागुन १६ गते) देखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
