१० मेगावाटसम्मका आयोजनाको पीपीए खुल्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका आयोजनाका लागि विद्युत खरिद सम्झौता (पीपीए) खुला गरेको छ ।
मंगलबार (आज) एक सूचना प्रकाशन गर्दै प्राधिकरणले १० मेगावाट सम्मका नदी प्रवाही-आरओआर र अर्ध-जलाशययुक्त आयोजना पी-आरओआर जलविद्युत आयोजनाको पीपीए खुलाएको हो ।
प्राधिकरणले स्थानीय प्राकृतिक स्रोत अधिकतम उपयोग र स्वदेशो लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गर्न भन्दै १० मेगावाटसम्मका आयोजनाको पीपीए उत्पादन सम्मिश्रणका आधारमा तय गरेको र यसमा सीमा लागू नहुने व्यवस्था पनि गरेको छ ।
माघ २४ गते सञ्चालक समिति बैठकमार्फत प्राधिकरणले १० मेगावाट सम्मका आयोजनामा कोटा प्रणाली हटाउने निर्णय लिएको थियो । टेक अर पे प्रावधानमा पीपीए गर्नेगरी सो कोटा प्रणाली हटाइएको थियो ।