राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिकाे सदस्यमा ज्ञवाली र रिसाल नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सञ्चालकहरु नारायणप्रसाद रिसाल र प्रा.डा.रामप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरुले बिहीबार नै एक कार्यक्रमकाबीच पदबहाली समेत गरिसकेका छन् । दुबै जना सञ्चालक अर्थ मन्त्रालयका सह सचिव हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।