अवैध बाटो अमेरिका पुगेका आठ नेपाली डिपाेर्ट
![america_QjBohfhvOT america_QjBohfhvOT](https://www.arthikpati.com/wp-content/uploads/2024/02/america_QjBohfhvOT-1024x585.jpg)
काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।
अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने,“हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ।”