गरिमा क्यापिटलको निःशुल्क मेरो सेयर र डिम्याट खाता, असार मसान्तसम्म सुविधा पाइने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरो सेयर खाता योजना सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले “हरेक नेपाली सेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै उक्त योजना बजारमा ल्याएकोे जनाएको छ । योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल असारमसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरो सेयर खाता खोल्न सक्नेछन् । ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरुमा पाउनेछन् ।
गरिमा क्यापिटल लिमिटेडको वेवसाईट र मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् । यो सुविधा लिनको लागी घरमै बसी लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरो सेयर खाता खोल्न सक्नेछन् ।
साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नम्बर र क्यापिटलको मोबाईल नम्बरको आधिकारिक भाइबर तथा ह्वाट्स एपमा समेत सम्पर्क गर्न सक्नेछन् । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु फेसबुक तथा इन्टाग्राम मार्फत जानकारी लिन पनि सक्ने प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।