भूगोल इनर्जीको नोक्सानी घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नोक्सानी घटेको छ । यसअवधिमा यस कम्पनीले १ करोड १४ लाख ५६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ९९ लाख ३५ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानी घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी ११६.२१ प्रतिशतले बढेर ३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ १४ पैसा छ ।