अन्तराष्ट्रिय चित्रकला प्रदर्शनको राज्यमन्त्रीद्वारा उद्घाटन
काठमाडौँ । । संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले मंगलवार अन्तराष्ट्रिय चित्रकला प्रदर्शनको उदघाटन गरेकी छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंगलवार प्रतिष्ठानको सभाहलमा एक हप्ता सम्म चल्ने गरी अन्तराष्ट्रिय चित्रकला प्रदर्शनको उदघाटन राज्यमन्त्री सिर्पालीले गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रराज थुमकेलीले बताए ।
नेपाल र जर्मनका कलाकारहरुको माघ २२ र २३ मा चलेको दुई दिवसीय आवासिय कार्यशाला गोष्ठीमा संचालन भएको थियो । सो कार्यशाला गोष्ठीमा जर्मन र नेपालका गरि ४० जना चित्रकारहरुको उपस्थिती रहेको सदस्य सचिव थुमकेलीले बताए ।
जर्मन र नेपालका कलाकारहरुको संयुक्त आयोजनामा चल्ने एक हप्ता सम्मको चित्रकला प्रदर्शनीले नेपाल र जर्मनका जनाताको भावनाको प्रनिनिधित्व गर्ने राज्यमन्त्री सिर्पालीले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएकी हुन । दुई देशका कलाकारहरुको संयुक्त उपस्थितीले नेपालको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्नेमा आफु विस्वस्त रहेको बताएकी छन् ।
फागुन १५ गते सम्म चल्ने अन्तराष्टिय चित्रकला प्रदशनीको उदकाटन कार्यक्रममा नेपालका लागि जर्मनी राजदुत डा.थोमस प्रिन्ज, ईजराईलमा राजदुट होनान गोटर लगाएतका विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा वरिष्ठ चित्रकार कृष्ण मानन्धर र मुकेश मल्ल लगाएतको उपस्थिती रहेको थियो भने ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हर्तमछालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको थियो भने कनेक्टींग कल्चर थ्रो आर्ट नामको पुस्तिका समेत विमोचन गरीएको थियो ।