नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
![nta-dursanchar-pradhikaran-nepal-telecommunication-authority-3-1024x705 nta-dursanchar-pradhikaran-nepal-telecommunication-authority-3-1024x705](https://www.arthikpati.com/wp-content/uploads/2024/02/nta-dursanchar-pradhikaran-nepal-telecommunication-authority-3-1024x705-1-1024x705.jpg)
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि सो पद रिक्त थियो । खाली रहेको उक्त पदमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई नियुक्त गरेको हो ।
भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार समेत हुन् ।