युनाइटेड एकेडेमीले ‘युनाइटेड रोबो फेस्ट २.०’ आयोजना गर्ने
काठमाडौं । युनाइटेड एकेडेमीले ‘युनाइटेड रोबो फेस्ट २.०’ आयोजना गर्ने भएको छ ।
ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एकेडेमीमा २१ फागुनमा कार्यक्रम आयोजना हुने छ । कार्यक्रमको विषयवस्तु ‘रकेट’ राखिएको छ ।
एकेडेमीका अनुसार ‘रोबो फेस्ट’ मा सहभागी हुनका लागि दर्ता खुला भइसकेको छ । ‘रोबो फेस्ट’ मा सहभागी हुनका लागि अगाडि नै दर्ता गरेको खण्डमा ‘रोबो सकर’ का लागि २ हजार रूपैयाँ र ‘रोबो रेस’ का लागि १ हजार ५०० रुपैयाँ शुल्क लाग्ने छ । दर्ता ९ फागुनमा बन्द हुनेछ ।
‘रोबो फेस्ट’ मा युनाइटेड एकेडेमीले आधारभूत रोबोटिक्स कार्यशाला प्रस्तुत गर्ने छ ।
‘रोबो फेस्ट’ का मुख्य आकर्षण फोकसमा अन्तरिक्ष क्षेत्र, प्रदर्शनीमा ठोस रकेट मोडेलहरू र आवेदनमा नेपालको सन्दर्भ रहने एकेडेमीले जनाएको छ ।
विभिन्न कलेज तथा विद्यालयहरूको सहभागिता रहने ‘रोबो फेस्ट’ मा २२ वटा प्रदर्शनी स्टलहरू रहने आयोजकले जनाएको छ ।
‘रोबो फेस्ट’ मा नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।