आगामी बजेट १८ खर्बको ल्याउन अर्थमन्त्रालयलाई राष्ट्रिय योजना आयोगको सिफारिस

काठमाडौं । आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई सिफारिस गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको हो।
बजेट निर्माणका लागि आवश्यक छलफलमा १८ खर्ब बजेट बनाउन सुझाव आएको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए। शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले १८ खर्ब बजेट बनाउन सुझाव आएको बताए।
सरकारले चालु आर्थिक वर्षका लागि गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए।