प्रोटिन दिवस २०२४: ‘राइट टु प्रोटिन’को यस वर्षको नारा ‘प्रोटिनले समाधान गर्नुहोस्’
![news_12p4m2vznv4 news_12p4m2vznv4](https://www.arthikpati.com/wp-content/uploads/2024/02/news_12p4m2vznv4-745x445.png)
काठमाडौं । युएस सोयाबिन एक्स्पोर्ट काउन्सिल (युएसएसइसी) द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो पाँचौं वर्षको अवसर पारेर फेब्रुअरी २७ मा मनाइने प्रोटिन दिवस २०२४ को विषयवस्तुको रुपमा ‘सल्भ विथ प्रोटिन’ अवधारणा अगाडि सारेको छ ।
यो पहलले व्यक्ति, व्यवसाय र उद्योगका नेतृत्वकर्ताहरुलाई प्रोटिनयुक्त खाद्य पदार्थको बढ्दो मागलाई सम्बोधन गर्न, नेपाल र ठूला दक्षिण एसिया क्षेत्रका नागरिकहरुका लागि पहुँचयोग्य प्रोटिन उपलब्ध गराउन एकजुट हुन आह्वान गर्ने काउन्सिलले जनाएको छ ।
अत्यावश्यक म्याक्रोन्युट्रिएन्टको रुपमा प्रोटिनका बारेमा बुझाईको कमिले अपर्याप्त मात्रामा यसको खपत हुने गरेको छ । प्रोटिन दिवस २०२४ को ‘प्रोटिनले समाधान गर्नुहोस्’ नाराले विभिन्न ब्रान्ड, नागरिक अगुवा, मिडियाकर्मी तथा नागरिकहरुलाई प्रोटिनको प्रयोगले स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउने सन्देशलाई व्यापक बनाउने काउन्सिलको भनाई छ ।
यसले दैनिक आहारमा समावेश गर्न सकिने सुलभ प्रोटिन खाद्य स्रोतहरु बारे नागरिकहरुलाई जानकारी गराउन र ‘पोषण सुरक्षा’लाई वास्तविकता बनाउने प्रयासहरु अगाडि बढाउनका लागि छलफल चलाउने र समाधानहरु उजागर गर्ने लक्ष्य पनि राख्ने काउन्सिलले जनाएको छ ।
‘दिगो खाद्य प्रणालीमा केन्द्रित भएर खाद्य सुरक्षाप्रति नेपालको प्रतिबद्धता प्रस्ट छ । तर, हामीले हाम्रो दैनिक आहारमा भटमास जस्ता विभिन्न प्रोटिनयुक्त खानेकुराहरु समावेश गर्ने कुरालाई प्राथमिकतामा राखेर पोषणको बारेमा चेतना अभिवृद्धि गर्न थप प्रयास गर्नु आवश्यक छ । यो प्रोटिन दिवस २०२४, स्वस्थ खानपानको प्रवर्द्धन, पोषण मिथकहरु हटाउन र दीर्घकालीन रुपमा स्वस्थ जीवनको समाधानको रुपमा प्रोटिन खपतको महत्त्वबारे नागरिकहरुलाई शिक्षित गरेर ‘प्रोटिनले समाधान’ गर्न सहकार्य गरौं, नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले भनिन् ।
‘नेपालमा लाखौं मानिसहरुलाई पर्याप्त खाद्य सुरक्षा चाहिन्छ किनकी लगभग आधा जनसंख्या कुनै न कुनै स्तरको प्रोटिन (उर्जा कुपोषणबाट प्रभावित छ, र यो एउटा समस्या हो जसलाई स्पष्ट रणनीतिका साथ सम्बोधन गर्न आवश्यक छ । हामीले हाम्रो दैनिक आहारमा पर्याप्त मात्रामा प्रोटिन उपभोग गर्नुको आवश्यकता बारे नागरिकहरूलाई शिक्षित गरेर सकारात्मक प्रभाव पार्नेमा अपार सम्भावना देखेकी छु ।
म्याक्रोन्युट्रिएन्टको रुपमा प्रोटिनका कारण धेरै विद्यमान स्वास्थ्य चुनौतीहरुलाई सम्बोधन गर्न, सबै उमेर समूहहरुको स्वास्थ्य अवस्था ठीक राख्न र हाम्रो समूदायको कल्याणमा योगदान गर्न सकिन्छ । म सबै डाक्टर, पोषणविद्, स्वास्थ्य क्षेत्रका प्रभावशाली व्यक्ति र समूदायलाई राम्रो स्वास्थ्यको लागि प्रोटिन खपतलाई प्राथमिकता दिन सचेतना जगाउन र नागरिकहरूलाई सशक्त बनाउन प्रोटिन दिवस कार्यक्रममा सामेल हुन आग्रह गर्दछु’ नेपालकी संस्थापक तथा राइट टु प्रोटिनकी समर्थक डा. गरिमा श्रेष्ठले भनिन् ।
‘अमेरिकी सोया विश्वव्यापी रुपमा पोषणको लागि बढ्दो माग पूरा गर्न प्रतिबद्ध छ । हामी उच्च गुणस्तरीय, सुसंगत, र भरपर्दो उत्पादन र सामग्रीहरु प्रदान गर्दै समूदाय र व्यक्तिहरुको समृद्धिलाई अगाडि बढाउने प्रयासमा छौं । व्यवसाय र उपभोक्ताहरुको बहुआयामिक चुनौतिहरुका लागि नवीन समाधानहरु प्रदान गरेर, हामी अधिकतम दक्षताका साथ आपूर्ति श्रृंखलालाई सुव्यवस्थित गर्ने लक्ष्य राख्छौं ।
‘राइट टु प्रोटिन’ पहलको प्रमुख शक्तिको रुपमा, हामी यस वर्षको विषयवस्तुलाई गर्वका साथ समर्थन गर्छौं । यो केबल उद्योग सरोकारवालाहरुका लागि मात्र नभएर व्यक्तिको रुपमा पनि दक्षिण एसिया र त्यसभन्दा बाहिर स्वस्थ, प्रोटिन (सचेत समाजको निर्माण गर्न एकजुट हुनका लागि एक शक्तिशाली आह्वान हो । यूएस सोया मार्केटिङ एन्ड सस्टेनेबिलिटी (दक्षिण एसियाका क्षेत्रीय प्रमुख दीबा गियानोलिसले भने ।
‘राइट टु प्रोटिन’ले हरेक खानामा प्रोटिन जागरुकता र खपत बढाउन पोषणविद्, खाद्य उद्योग विशेषज्ञ, सेफ, फुड ब्रान्ड र नागरिक अगुवा लगायत अन्य समर्थकहरुको साथमा फेब्रुअरी २७ मा प्रोटिन दिवस २०२४ मनाउने तयारी गरेको छ ।