सुनको मुल्यमा कमी, अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभाव मुख्य कारण
काठमाडौं । यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मुल्यमा सामान्य कमी आएको बिश्लेषकहरुको आँकलन छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख १ हजार १ सय ६५ रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन १ लाख २ हजार ३ सय ६५ पुगेर त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरी उकालो लागेर १ लाख ३ सय ६५ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार १ सय ९६ रुपैयाँ रहेको चाँदीको मुल्य साताको तेस्रो दिन बढेर १ हजार २ सय १३ रुपैयाँ पुगी चौथो र पाँचौं दिन सामान्य घटेर अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ९ कायम भयो ।