मर्कण्टायल आईटीमा नेपालको पायोनियर कम्पनी हो
पवन प्रधान
विक्री निर्देशक
मर्कण्टायल अफिस सिष्टम प्रालि
१५ वर्षभन्दा लामो समयदेखि सूचनाप्रविधि सेवाका प्रतिष्ठित कम्पनीमा काम गर्दै आइरहेका पवन प्रधान विगत ४ वर्षदेखि मर्कण्टायल अफिस सिस्टमको विक्री निर्देशक छन् । मर्कण्टायलले एसर ब्राण्डका कम्प्यूटर, ल्यापटप र इप्सन ब्राण्डका प्रिन्टर तथा स्क्यानरहरु विक्री गर्दै आइरहेको छ । कम्पनीले १९८६देखि एसर र १९८५देखि इप्सन ब्राण्डको नेपालका लागि डिष्ट्रिब्यूटरको काम गर्दै आइरहेको छ । नेपालमा डिलर बनाएर आधिकारिक च्यानलमा विक्री गर्ने काम मर्केन्टायलले शुरु गरेको हो । ईमेल, इण्टरनेट, भिस्याट प्रविधि पहिलो पटक नेपाल भित्र्राउने काम पनि मर्केन्टायलले नै गरेको हो । नेपालमा बढ्दै गइरहेको डिजिटलाइजेसनको बजार, भर्खरै सकिएको क्यान इन्फोटेकको अनुभव र ‘एसर’ र ‘इप्सन’ ब्राण्डका प्रडक्टलगायतका विषयमा आर्थिक पाटीका लागि मदन लामिछानेले मर्कण्टायल अफिस सिष्टम प्रालिका विक्री निर्देशक पवन प्रधानसँग गरेको कुराकानी׃
क्यान इन्फोटेक मेलामा सहभागि हुनुभयो, यस मेलामा सक्रिय सहभागिताले के के फाइदा हुन्छ ?
क्यान इन्फोटेकमा हामी विक्रीका लागि नभएर ब्राडिङका लागि सहभागि भएका हौ । मेलामा घरायसी प्रयोजन तथा साना मझौला व्यवसायीहरु सामान हेर्न र किन्न आएका थिए । मानिसहरुमा टचिङ फिलको कन्सेप्ट छ र त्यो रहिरहन्छ । वर्षमा एक चोटी लाग्ने मेलामा त्यसका लागि मान्छे आउँछ । प्रडक्टको बारेमा अनलाइनमा हेर्ने त्यो एउटा ज्ञान हो । बुझेर आउँदा बेच्ने र किन्ने दुबैलाई सजिलो हुन्छ । यस्ता ग्राहकले टच फिल गर्ने विक्तिकै उनीहरु लाई निर्णय लिन सजिलो हुन्छ । क्यानको तयारी छ महिना अगाडिबाट शुरु गर्नु पर्छ । अरु थप ठुला ब्राण्डहरु पनि ल्याउने पहल गर्नु पर्ने देखिन्छ । ताकी मेला हेर्न आउने भिडले आईटीका सबैखाले प्रडक्ट र त्यसका नयाँ नयाँ भर्जनहरु देख्न पाउँन । क्यानले मेलाका लागि कत्तिको मार्केटङ गर्यो त ? प्रचारप्रसारका लागि कुन कुन प्लेटफर्म प्रयोग गर्यो त ? यो कुराले पनि मेलामा आउने फुटफल निर्भर गर्छ ।
मर्कण्टायलका बारेमा जानकारी दिनुहोस् न ? यसले कस्ता कस्ता प्रडक्टहरु विक्री गर्दै आइरहेको छ ?
मर्कण्टायल आईटीमा पायोनियर कम्पनी हो । कम्पनीले १९८६देखि एसर र १९८५देखि इप्सन ब्राण्डको डिष्ट्रिब्यूटरको काम गर्दै आइरहेको छ । त्यो बेला डिष्ट्रिब्यूटरका कन्सेप्ट ल्याउने पनि मर्कण्टायल नै हो । सबैले सामान ल्याएर पसलबाट विक्री गर्ने गर्थे । त्यो बेला डिलर बनाएर पर्पर च्यानलमा विक्री गर्ने काम मर्कण्टायलले शुरु गरेको हो । ईमेल, इण्टरनेट, भिस्याट पहिलो पटक नेपाल भित्र्राउने काम पनि मर्केन्टायलले नै गरेको हो । एसर ब्राण्डको ल्यापटप, मनिटर, डेस्कटप र प्रोजेक्टरको विक्री गर्दै आइरहेका छौ । त्यस्तै इप्सन ब्राण्डका प्रिन्टर, प्रोजेक्टर र स्क्यानरको विक्री गर्छौ ।
इप्सन कस्तो कम्पनी हो ? यसले कस्ता कस्ता प्रडक्टहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ ?
इप्सन जापनिज कम्पनी हो । सिको कर्पोरेसन अन्तगर्त इप्सनको उत्पादन हुन्छ । यूएनको सस्टेनेवल गोल (एसडीजी) अन्तगर्तको मापदन्ड यसले पुरा गरेको छ । इप्सन ब्राण्डका प्रोजेक्टर, प्रिन्टर तथा स्क्यानरहरु बजारमा उपलब्ध छन् ।
इप्सन ब्राण्डका प्रोजेक्टरको विशेषताहरु के के छन् ? यसको प्रयोग कस्तो कस्तो कामको लागि उपयूक्त हुन्छ ?
प्रोजेक्टरमा २ वटा टेक्नोलोजि टीएलपी र थ्रीएलसीडी हुन्छ । इप्सनको प्रोजेक्टरमा थ्रीएलसीडी प्रविधि छ । यो प्रविधिको पेटेन्ट पनि इप्सनकै हो । अरु सबै कम्पनीले टीएलपी प्रविधि नै चलाउँछन् । यदि कसैले थ्रीएलसीडी प्रविधि चलाउँछ भने त्यो इप्सनसँग किनेर नै हो । यो प्रविधिको विशेषता भनेको तपाईले कुनै कलर लिनुहुन्छ भने फोटो⁄भिडियोमा जे कलर छ त्यहि फाल्छ । यसको ब्राइटनेस, कन्ट्रासहरु पनि एकदमै राम्रो छ । प्रोजेक्टरको प्रयोग व्यवसायिकरुमा स्कूल, कलेज, अफिसहरुमा धेरै हुन्छ । त्यस्तै आजकाल घरायसीरुपमा टीभी, यूटुब हेर्र्ने पनि यसको प्रयोग बढिरहेको छ । आजकाल घरको लिभिङ रुममा ठुलो टीभी(६५⁄७० इन्च)को राखेर हेर्ने ट्रेण्ड चलेको छ । यति ठुलो टीभीको सबै सामानहरु मिलाएर राख्न एकदमै गाह्रो हुन्छ । साढे २ किलोको प्रोजेक्टरबाट १०० इन्चसम्मको स्क्रिनमा हेर्न सकिन्छ । मूल्यको हिसाव गर्दा टीभीभन्दा केहि सस्तो नै पर्छ ।
तपाइहरुले कस्ता कस्ता प्रकारका प्रिन्टरहरु बजारमा ल्याउनु भएको छ ?
प्रिन्ट गर्दा कुनै पनि पाउडर लाग्ने लेजर टेक्नोलोजि एसमा छैन । प्रिन्ट गर्दा प्रिन्टरहरुमा हाम्रो आखाँले नदेखिने गरी फ्यूल्सहरु निस्कने गर्छ तर इप्सनमा त्यस्तो हुँदैन । यो शत्प्रतिशत इको फ्रेन्डली प्रडक्ट हो । इप्सन ब्राण्डका प्रिन्टरमा इन्टाइम इन्जन रहेको छ । यसमा लिक्यूड हालेर चलाइन्छ । यसको संचालन लागत पनि कम छ । यसको ठुलो प्रिन्टरले पनि ९०⁄१०० वाट मात्रै भोल्टेज लिन्छ । इंक पनि आफुलाई कति चाहिन्छ, त्यति राखेर रिफिल गर्न सकिन्छ । घर, अफिस तथा साना तथा मझौला व्यवसायका लागि आवस्यक पर्ने प्रिन्टरहरु छ । हामीसँग कलर, ब्ल्याक एण्ड ह्वाइट सबैखाले प्रिन्टरहरु छन् । सिंगल तथा मल्टीफङ्सन कलर प्रिन्टर, मोनो, एडीएफ, डुब्लेक्स, वाईफाई भएको, नेटवर्कमा राख्न मिल्ने, ए३प्रिन्टरलगायतका प्रिन्टरहरु छन् । फोटो स्टूडियोहरुका ठुला ठुला फोटोहरु प्रिन्ट गर्नका लागि एलएपलसी प्रिन्टर मसिनहरु पनि छ । साथै टेक्निकल, ग्रामेन्टका लागि आवस्यक प्रिन्टरहरु पनि छ । त्यस्तै इप्सन ब्राण्डका स्क्यानर पनि छन् ।
एसर कस्तो कम्पनी हो ?
एसर ताइवानको ब्राण्ड हो । धरै ब्राण्डहरुले इनटेल वा एएमडीको बोर्ड र सीपीओ प्रयोग गर्छन । त्यस्तै ग्राफिक्समा एनबिडिया वा एएमडीको प्रयोग गर्छन । सबैको सीपीयो इन्जिन उस्तै हो । जस्तै एउटा ब्राण्डको आई५ ल्यापटप छ भने अर्को ब्राण्डको पनि त्यही हुन्छ । एसरले काम गर्ने भनेको उपभोक्तामैत्री र नयाँ प्रविधि भित्र्राउन हो ।
एसरका ल्यापटप र डेक्सटप कम्प्यूटरका बारेमा बताई दिनुहोस ?
बजारको माग अनुसारका टच स्क्रिन, २ इन १, फोल्डेवल सबैखाले एसरका ल्यापटपहरु उपलब्ध छन् । कन्जुमर सिरिजमा कम मूल्यदेखि मह¨ा ल्यापटपहरु उपलब्ध छन् । यो अहिले उपभोक्ताहरुको लाइफस्टाइल प्रडक्ट भएको छ । बिजनेस सिरिजमा पनि धेरै थरी ल्यापटपहरु छ । यसमा माथिल्लो लेभलको म्यानेजमेण्ट, एक्जुकेटिभ, बैंकका सीईयोलगायतका लागि बनाइएको ल्यापटप पनि छ । गेमिङका लागि चाहिने ल्यापटप छ । विश्वको गेमिङ बजारमा एसरका ल्यापटपले लिड गरिरहेको छ । गेमिङका लागि नाइट्रो, नियोे र प्रियडटर ब्राण्डहरुका बिभिन्न भेराइटीहरु छन् ।
एसरका डेक्सटपहरु कन्जुमर र बिजनेस दुबै सिरिजका छन् । आजकाल घरमा कम र अफिसमा धेरै डेक्सटपको माग हुन्छ । बीटूबी मार्केटमा हाम्रा डेक्सटबहरु धेरै विक्री हुन्छ । गेमिङका लागि पनि नाइट्रो ब्राण्डका डेक्सटब कम्प्यूटर ल्याएका छौ । एसरका नर्मलदेखि कर्भ मनिटरहरु पनि उपलब्ध छन् । एसरले अल इन वान पीसीे (एआईओ ) मनिटर ल्याएको छ । यो डेक्सटव कम्प्यूटर हो र यसमा छुट्टै सीपीओ राख्नु पर्दैन । यसमा टच, नन्टच दुबै खाले आउँछ ।
विक्री पछिको सेवा कसरी दिइरहनु भएको छ ?
हामीले एसर तथा इप्सन ब्राण्डका प्रडक्टमा १ देखि ३ वर्षको वारेण्टी दिएका छौ । नेपालका प्रमुख शहरहरुमा कम्पनीका डिलरहरु रहेका छन् । त्यहाँबाट हामीले सेल्स तथा सर्भिसको सुबिधाहरु दिइरहेका छौ ।