जि.डब्लु.एम नेपालको लोकप्रिय इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल׃ ५ लाख सम्मको लाभ

काठमाडौं। भि.जि इम्पेक्स प्रा.लि. नेपालका लागि जि.डब्लु.एमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरकले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ।
यस योजना अन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन्। यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन्।
ओरा ब्रान्ड अन्र्तगत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ। यसको रेट्रो- मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाईरहेकोे छ।
नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ। ओरा ०३ लाई १००% इलेक्ट्रिक प्लेटफर्म (LEMON) मा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लार्ई ANCAP र Euro NCAP दुवैबाट फाइभ-स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ ।
दुबै ANCAP र Euro NCAP बाट फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ ।
जि.डब्लु.एम नेपालले ८ वर्ष वा १५,०००० KM ब्याट्री (उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र, ४ वर्ष वा १५,०००० प्ः सबै गाडीमा प्रदान गर्दैछ।