भाटभटेनीमा फेरि करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग हुँदै

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ्ग फेरि ल्याएको छ । भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो ।
हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।
उपत्यका भित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग आजदेखि १० दिनसम्म चल्नेछ ।