बुढानीलकण्ठ हेरिटेज होटेलको शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल नियुक्त
काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर १०० रूपैयाँ अंकित मुल्यमा १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी कम्पनीले दिएको छ ।
विक्री प्रबन्धक नियुक्ती गर्ने कार्य माघ २३ गते मंगलबारमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।
विक्रम सम्बत् २०७५ सालमा प्राइभेट कम्पनीको रुपमादर्ता भई विक्रम सम्बत् २०७८ सालमा पब्लिक कम्पनीको रुपमा यो कम्पनी परिणत भएको थियो । कम्पनीको केन्द्रिय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरूको ८५ करोड रूपैयाँ लगानी रहेको यस कम्पनीको सर्वसाधारणमा अ आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी १ अर्ब रूपैयाँ पुग्नेछ ।
अन्र्तराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् ।
लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी हो जसले उच्च स्तरिय, अपर–मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ । यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ । लेमन ट्री होटल्स लिमिटेडले नेपालमा पहिलो होटलको रुपमा“लेमन ट्री प्रिमियर बुढानिलकण्ठ”काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्याती प्राप्त व्यक्तिहरूको लगानी रहेको छ ।