समाचार प्रति संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आपत्ति
![Ministry-of-Tourism_paryatan-Mantralaya Ministry-of-Tourism_paryatan-Mantralaya](https://www.arthikpati.com/wp-content/uploads/2024/02/Ministry-of-Tourism_paryatan-Mantralaya-1024x585.webp)
काठमाडौं । काठमाडौबाट प्रकाशित हुदै आएको साप्ताहिक साँधु पत्रिकार्मा राज्यमन्त्री र सचिव काफले विच खटपट’ शिर्षकको समाचार प्रति संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आपत्ति जनाएको छ ।
साँधु साप्ताहिक पत्रिकाले आफनो वर्ष ४१ को ३९ अंकमा मन्त्रालयको आन्तरिक विषयमा विना तथ्य समाचार प्रकाशित गरेको भन्दै संस्कृती, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीका प्रेस सल्लाहाकार गोपी राम ज्ञवालीले प्रेस विज्ञप्ती जारी गर्दै पत्रिकाले प्रकाशन गरेको समाचारमा कुनै सत्यता नरहेको भन्दै भ्रमित नहुन आग्रह गर्नु भएको छ ।
उक्त प्रकाशित समाचारमा स्रोतले बताएको भन्दै पत्रिकाले स्रोत विना नै समाचार प्रकाशित गरेको प्रति आपत्ति जनाएको छ । स्रोत समेत नखुलाई असन्तुलित रुपमा प्रकािशत समाचारले पत्रकारितामा नै गम्भिर प्रश्न उडाएको बताउनु भएको छ । विना स्रात, विना प्रमाण प्रकाशित यस्ता समाचारले पत्रकारिता जगतलाई नै प्रदुषित बनाउने भन्दै उक्त समाचार प्रति भ्रमित नहुन विज्ञप्तीमा आग्रह गरिएको छ ।