चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक, २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि
काठमाडौं।नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९-८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणमा ८०० क्षेत्रका ९ हजार ६ सय घरधुरी समेटिएको छ। नेपालको संविधान जारी भएपछिको यो जीवनस्तर सर्वेक्षण पहिलो हो भने यसले १२ वर्षको अन्तरालमा गरिबीको अवस्था अनुमान गरेको छ।
अध्ययनअनुसार प्रत्येक प्रदेशका सहरी तथा ग्रामीण र काठमाडौं उपत्यका गरी गरी १५ वटा विश्लेषणात्मक क्षेत्रअनुसार गरिबीका दर मापन गरेको छ।
सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ ।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए।
राष्ट्रिय तथ्यांक कार्यालयले चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक गर्दै १२ वर्षअघिको तुलनामा ५ प्रतिशतले गरिबी घटेको देखिएको हो।
सरकारले वार्षिक ७३ हजार रुपैयाँभन्दा कम उपभोग गर्नेलाई गरिबीको रेखामुनि राखेको छ।खाद्य गरिबी मापन गर्ने क्रममा प्रतिव्यक्ति प्रतिदिन २२ सय ३६ किलो क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ। यसअघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी थियो।
मानिसको खाद्यान्नमा लगानी ५३ प्रतिशत हुने गरेको पाइएको छ। यसअघिको सर्वेक्षणमा ६२ प्रतिशत लगानी गर्ने गरेको पाइएको थियो। यस हिसाबले जम्मा आम्दानीमा खाद्यन्न लगानी ९ प्रतिशतले घटेको पाइन्छ।
उपभोगको प्रवृत्तिमा निकै परिवर्तन आएको पाइएको छ। प्रतिव्यक्ति उपभोग खर्च खर्च १२ वर्षमा ६० प्रतिशतले बढेको छ। यसअघि सबैभन्दा न्यून वर्गले वार्षिक २६ हजार खर्च गर्ने गरेका थिए भने अहिले ४४ हजार बढी पुगेको छ।
यस्ता छन् सर्वेक्षणका मुख्य बुँदा