ग्राहकलाई सुरक्षित मोबाइल बैंकिङका लागि नबिल बैंकका ७ सुझाव
काठमाडौं । के तपाईं मोबाइल बैंकिङ चलाउनुहुन्छ? चलाउनुहुन्छ भने तपाईंलाई नबिल बैंकले सातवटा कुरामा ध्यान दिन सुझाव दिएको छ।
बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि ग्राहकलाई बैंकिङ सचेतना प्रदान गरिएको हो।
के–के हुन् ७ कुरा?
- मोबाइल बैंकिङ एप इन्स्टल गरेको फोन तथा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्प्युटर अनिवार्य रुपमा बलियो पासवर्ड/पिनले लक गर्नुहोस्
- मोबाइल/इन्टरनेट बैंकिङ जस्ता सेवाको लगइन पासवर्ड÷पिन कसैसँग पनि सेयर नगर्नुहोस्
- मोबाइल/इन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवामा रजिस्ट्रर गरिएका इमेल आईडीहरुमा दुई तहको प्रमाणीकरण (टुएफए) सुचारु गर्नुहोस् तथा समय–समयमा पासवर्ड परिवर्तन गर्नुहोस्
- अरुले सजिलै अनुमान गर्न सक्ने पासवर्ड/पिन कदापि प्रयोग नगर्नुहोस्
- कसैले सामाजिक सञ्जाल तथा मेसेजमार्फत पैसा पठाउन अनुरोध गरेमा फोनमार्फत एकीन गरेर मात्रै पैसा पठाउनुहोस्
- तपाईंले भर्दै नभरेको चिठा पर्यो भन्दै मेसेज तथा फोन आएमा नपत्याउनुहोस्
- बैंकको आधिकारिक एप तथा वेबसाइटमात्र प्रयोग गर्नुहोस्