इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिज र सुमेरु सेक्युरिटीजको सहकार्यमा शेयरबजारको मास्टर क्लासको निःशुल्क कार्यक्रम हुँदै
काठमाडौं । इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले सुमेरु सेक्युरिटीजसँगको सहकार्यमा व्यापार बजारको नि:शुल्क मास्टर क्लास कार्यक्रम आयोजना गर्ने भएको छ।
बजार विशेषज्ञतामा बृद्धि गराउने र वित्तीय बजारको प्रणालीमा सफलतापूर्वक नेभिगेट गर्नका लागि आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गर्न लागिएको हो। कार्यक्रम माघ २६ गते सुमेरु सेक्युरिटीजको कार्यलयमा हुने छ। कार्यक्रम दिनको २ बजे सुरू हुने छ।
यो मास्टर क्लासले शेयर बजारमा गहिरो अध्ययन गर्न र शेयर कारेबारमा अपनाउनुपर्ने स्ट्राटेजि सिकाउँछ। यस कार्यक्रमले बजार मुभमेन्ट, र बजारको चुनौतिहरुको बारेमा जानकारी दिने छ।