भृकुटीमण्डपमा सुरु भयाे ‘क्यान इन्फोटेक’ मेला, ‘कान्छी’ रोर्बटदेखि ‘कताहो’ डिजिटल ठेगाना प्रणालीसम्म
काठमाडौं । सूचना प्रविधिको मेला क्यान इन्फोटेक आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गरिन्।
उदघाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताइन् । शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने पनि बताइन् ।डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत रहेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठूलो परिणाम दिनसक्ने बताइन् ।
नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटैको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ ।क्यान इन्फोटेकमा विगत २ दशकभन्दा बढी समयदेखि नेपालमा प्रविधि अनुासन्धान गरिरहेका चर्चित नेपाली अनुसन्धानकर्ताहरु रामलक्ष्मण संलग्न रहेको कम्पनीले विकास गरेको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीको पनि उद्घाटन हुनेछ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ ।
२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा’ रहेको छ ।
त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन् । सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पीएनवइ रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।
त्यस्तै, फुड एन्ड बेभरेज पार्टनरमा र्याकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, स्मार्ट गेट पार्टनर बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि. रहेका छन् ।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेको आयोजकले जनाएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो एशियन–ओसिनियन कम्प्युटिङ इन्डष्ट्रि अर्गनाइजेनस (ASOCIO), WITSA (वर्ल्ड इनोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज अलाइन्स) र टीओए सफ्टवेयर कर्पको सहयोग रहेको छ ।