एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १८८.०७ प्रतिशतले बढेर १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ लाख ७७ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो ।
पुस मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ९१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू १ करोड ७४ लाख ४ हजार रुपैयाँ ऋणात्मक थियो । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
प्रतिसेयर आम्दानी १ रुपैयाँ ७४ पैसाले बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।