नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो
काठमाडौं । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घट्दा नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ ।
संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४८ लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन अघिल्लो आवको ६ करोड ५७ लाखको तुलनामा ६२.२५ प्रतिशतले कम हो ।
संस्थाले खराब कर्जा अनुपात ४.८९ प्रतिशतबाट बढेर ८.८३ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात बढेसँगै संस्थाले इम्पेयरमेन्ट चार्जका लागि रकम बढाउँदै ७ करोड ५७ लाख पुर्याएको छ ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २.३१ प्रतिशतले घटेर ७० करोड ८२ लाखमा सीमित भएको छ । संस्थाले ३ अर्ब ४१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।
यस्तै संस्थाले १० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको रिटेन्ड अर्निङ ५ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहदा रिजर्भ भने ६४ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८३.८६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८८.८१ गुणा र तरलता अनुपात १९.३० गुणा कायम भएको छ ।