एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड भोलि अर्थात माघ २४ गते हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड बुधबार बिहान ९ बजे काठमाडौंको लाजिम्पाटस्थित रहेको क्यापिटलको केन्द्रिय कार्यालयमा हुने छ ।
गत माघ २ गतेदेखि १६ गतेसम्म एक अर्ब रकम बराबरको उक्त बन्दमुखी योजनाको १० करोड इकाईहरु बिक्री भएको थियो । जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ थियो । जसमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई उक्त इकाईहरु बाँडफाँड गरिने छ ।
एनआईबिएल म्युचुअल फण्ड एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको छ ।